logo
  • ५ कार्तिक २०८२, मंगलवार | Tue, 21 Oct 2025

कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्था कडा, नेताहरू पुग्न थाले बैठक स्थल (तस्वीरहरू)

कांग्रेस केन्द्रीय समिति बैठकमा सुरक्षा व्यवस्था कडा, नेताहरू पुग्न थाले बैठक स्थल (तस्वीरहरू)

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका लागि नेताहरू पार्टी कार्यालय पुग्न थालेका छन् ।

जेनजी आन्दोलनमा आगजनी भएको पार्टी कार्यालयमै बैठक बस्न लागेको हो ।

बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरूको बाक्लो उपस्थिति छ ।

कार्यालय प्रवेश गर्ने मुख्य ढोका भन्दा बाहिर नै भित्र प्रवेश गर्नेहरूलाई प्रहरीले जाँच गरेको छ । सञ्चारकर्मीहरूलाई पनि सूचना विभागको पासको आधारमा प्रवेशको व्यवस्था मिलाइएको छ ।

नेताहरूका गाडीलाई बाहिर राखिएको छ । बाहिरै ‌ओर्लिएर नेताहरू हिँडेर कार्यालय प्रवेश गरेका छन् । आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने तयारी छ ।



lokpriyasaptahik lokpriyasaptahik    
  • २८ आश्विन २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP